अभिनेता सारुक ताम्राकार मृत भेटिए

<span class='c1'>अभिनेता सारुक ताम्राकार</span> <span class='c2'>मृत भेटिए</span>

अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् ।  काठमाडौं रातोपुलस्थित घरमा उनी मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेको उनले बताए ।

“झुण्डिएको अवस्थामा शव फेला परेको छ । घटना के कारणले भएको हो हामी अनुसन्धानमा छौँ,” प्रवक्ता रिजालले बाह्रखरीसँग भने, “अहिलेसम्म केही कारण पत्ता लागेको छैन ।”

३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्