धरान सेउतीको घटनापछि जंगल ‘मिसन’गस्तीमा प्रहरी

<span class='c1'>धरान सेउतीको घटनापछि</span> <span class='c2'>जंगल ‘मिसन’गस्तीमा प्रहरी</span>

विराटनगर । गत शुक्रबार धरानको सेउती पुल नजिकै लुटेरा समूहको आक्रमणमा परेर विराटनगर–५ का रोहित चौधरीको हत्या भएपछि जंगल क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । चोरी, लुटपाट र अपराधका घटना हुनसक्ने संभावित जंगल एरियामा प्रहरीले गस्ती सुरु गरेको हो ।

मोरङको पथरी–जाँते सडक खण्डको जंगल र कानेपोखरीको जंगल क्षेत्रमा प्रहरीले गस्ती सुरु गरेको हो । मंगलबार इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेका सहायक प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलिले जंगल क्षेत्रको गस्ती गरेको हो।

संयुक्त गस्तीमा नेपाल प्रहरीका चारजना र सशस्त्र प्रहरीका चारजनाको टोलिले जंगलको भित्री भागसम्म अपराधका संभावित अवशेष र स्थानहरुको विश्लेषण गरेर फर्केको थियो ।

प्रहरीले संभावित जोखिम र फायरलाईनको अध्ययन गरेर आफ्नो इलाकाको वस्तुस्थिति बुझेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिइएको छ । चाड पर्व नजिकीएको र जंगल क्षेत्र झाडीले छोपेको अवस्थामा हुनसक्ने संभावित जोखिमबारे पूर्व सचेतना र तयारीका लागि प्रहरीले गस्ती सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्