रंगेलीबाट भागे सुनचाँदी व्यवसायी सोनी, सर्वसाधारणको रकम जोखिममा

रंगेलीबाट भागे सुनचाँदी व्यवसायी सोनी, सर्वसाधारणको रकम जोखिममा

रबिन्द्र बराल
रंगेली । रंगेलीबाट एकजना सुनचाँदी व्यवसायीले सर्वसाधारणलाई झुक्याएर परिवारसहित भागेका छन् । रंगली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका संचालक पवनकुमार सोनी भारत भागेका हुन् ।

करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएका हुन् । सर्वसाधारणले उनको पसलमा सुन धरौटी राखेर रकम लिएका र ब्याजमा रकम लगाएकाहरु असजिलोमा परेका छन् । सोनीले ब्याजमा समेत रकम उठाएर लिएर भागेका छन् ।

पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजरी दिएका छन् । जसमा २ करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदी लिएर सोनी फरार भएको जानकारी छ ।
प्रहरीका अनुसार सोनीले रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदीका गरगहना धरौटीमा राखेका थिए । कतिपयको जग्गा नेपाली कागजमा तमसुक बनाइ रकम लेनदेन समेत गरेका थिए । स्थानीय दुर्गा मन्दिर पछाडिको एक कठ्ठा जग्गामा केही वर्ष अगाडि घर निर्माण गरेर सोनी बस्दै आएका थिए । तीन जना दाजुभाईले गत शुक्रबार अंशबण्डा समेत गरेको बताइएको छ ।

ओमशान्ति ज्वलर्सले त्यो घर पनि लुम्बिनी बिकास बैकमा धितोमा राखेर १ करोडौं रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको पायएको छ । बैंककै नाममा रहेको घर जग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्