वेस्ट इन्डिजसँग भारत दोस्रो टी-२० मा पनि पराजित

<span class='c1'>वेस्ट इन्डिजसँग भारत दोस्रो</span> <span class='c2'>टी-२० मा पनि पराजित</span>

पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा पनि भारत वेस्ट इन्डिजसँग २ विकेटले पराजित भएको छ। लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता बनायो।

आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले ७ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

भारतका लागि तिलक बर्माले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले। उनी बाहेक इशान किशनले २७ तथा कप्तान हार्दीक पाण्ड्याले २४ र अक्षर पटेलले १४ रनको इनिङ खेलेका थिए। वेस्टइन्डिजका लागि अकेल होसेइन, अल्जारी जोसेफ र रोमारियो शेफर्डले समान २-२ विकेट लिएका थिए।

१ सय ५३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि निकोलस पुरनले ६७ रनको शानदार इनिङ खेले। त्यस्तै केली मेयरले १५ रन बनाउँदा कप्तान रोभमन पावलले २१ र शिम्रन हेटमेयरले २२ रन बनाए।

त्यस्तै अकेल होसेइनले १६ रन बनाउँदा अल्जारी जोसेफ १० रनमा अविजित रहे। यि दुईबिचको तेस्रो टी-२० मंगलबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्