विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ निवासी पृथ्वी राज श्रेष्ठको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरबाट साउन २३ गते सुन तथा चाँहीका गरगहना चोरी गरेको आरोपमा सुनसरीको इनरुवा–३ का अर्जुन पासवान र इटहरी–५ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकका अनुसार आरोपितमध्ये राई बुढीगंगा–६ मा बस्दै आएका थिए । उनीहरुको साथबाट चोरी भएका गरगहना समेत प्रहरीले बरामद गरि चोरी कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।