इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे आर्सनल र नटिङ्घम फरेस्ट खेल्दैछन् ।

त्यस्तै सेफिल्ड युनाइटेड र क्रिस्टल प्यालेस, बर्नमाउथ र वेष्टह्याम, ब्राइटन र नवप्रवेशी लुटन टाउन तथा एभर्टन र फुलहमबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो ।

सिटी साविक उपाधि विजेता टोली हो । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो । सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो ।

सिटी एकै सिजनमा यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्