नाका पार गरेर विराटनगर प्रवेश गर्ने तीन सवारीका पाँचजनासँग ब्राउनसुगर

<span class='c1'>नाका पार गरेर विराटनगर प्रवेश</span> <span class='c2'>गर्ने तीन सवारीका पाँचजनासँग ब्राउनसुगर</span>

विराटनगर । भारतबाट नेपालमा लागुऔषध ब्राउनसुगर भित्र्याउने एकै दिन पाँचजना विराटनगरमा पक्राउ परेका छन् । विराटनगर–१६ का तीन स्थानमा लागुऔषध नियन्त्रण ब्यूरोले स्कुटर, मोटरसाइकल र टेम्पोलाई चेकजाँच गर्दा यी तीन सवारीमा सवार व्यक्तिहरुले साथमा ब्राउनसुगर लिएर आएको पाइएको हो ।

विशेष सुचनाका आधारमा ब्यूरोको टोलिले सोमबार निगरानी बढाएको थियो । त्यस क्रममा प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटरमा भारतबाट विराटनगर प्रवेश गरेका मोरङ बेलवारी नगरपालिका–४ का २४ बर्षीय संजिव राई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परे । प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान–१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ बर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका थिए ।

त्यसपछि ब्यूरोको टोलिले पाएको सूचना अनुसार को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाँउपालिका–८ उदयपुरका २५ बर्षीय ईन्द्र बहादुर तामाङ र टेम्पोमा सवार रहेका बिदुर नगरपालिका–५ नुवाकोटका २४ बर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित फेला परेका थिए । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्