सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबार, एसिया कप खेल्नेमा अन्यौल

सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबार, एसिया कप खेल्नेमा अन्यौल

काठमाडौं- एसिया कप आउन एक साता बाँकी रहँदा टिमसँगै पाकिस्तान जान नपाएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आइतबारका लागि तोकिएको छ।

बलात्कार आरोप लागेपछि काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ। अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको छ। यसअघि गत बिहीबारका लागि तोकिएको अन्तिम पेशीमा पनि अन्तिम चरणको बहस हुन सकेन।

न्यायाधीश राजुकुमार खतिवडाको इजलासले आमाको जन्ममितिमा अन्यौलता भएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएका थिए। आमाको जन्ममितिको एक डकुमेन्टमा २०३५ र अर्कोमा २०५५ भएको थियो।

अदालतले माग गरेको डकुमेन्टहरू मंगलबार अदालतमा प्राप्त भएको स्रोतले जनाएको छ। अधिकांस डकुमेन्टहरू प्राप्त भइसकेको भन्दै अब फाइनल चरणका बहस सुरु हुने विश्वास गरिएको छ।

तर सर्वोच्चले चाँडो फैसला गर्न निर्देशन दिएको लामो समय बितिसक्दा पनि विभिन्न बहानामा पटक-पटक सर्दै आएको मुद्दाले आइतबार निकास पाउने सम्भावना पनि अन्योल रहेको छ।

नेपाली राष्ट्रिय टिमले बुधबार एसिया कपको पहिलो खेल खेल्दै छ। त्यसैले सन्दीपको पाकिस्तान यात्रा निश्चित भइसकेको छैन। सम्भवत आइतबारको पेशीपछि उनी पाकिस्तान जानेबारे तय हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्