स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय

स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय

सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो ।

२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । उनि परिवार स्थित विराटनगर-१२ बखरी स्थित आफ्नो घरमा लामो समय रहेका थिए , पछि उनि काठमान्डौ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्