वर्ल्डलिङ्कको इन्टरनेट सेवामा देखिएको समस्या समाधान,सेवा सुचारु

<span class='c1'>वर्ल्डलिङ्कको इन्टरनेट सेवामा देखिएको</span> <span class='c2'>समस्या समाधान,सेवा सुचारु</span>

विराटनगर । बिहीबार रातिदेखि वर्ल्डलिङ्कको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ ।

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा अन्तर्राष्ट्रिय फाइबर संजालमा समस्या आएपछि ईन्टरनेटमा समस्या देखिएको थियो ।

कम्पनीको इन्टरनेट सेवा केही प्रभावित भएको तथा स्पिड स्लोहुन थालेको प्रयोगकर्ताहरुको गुनासो आएको थियो ।

वर्ल्डलिङ्कले विदेशबाट नेपाल जोड्ने अपस्ट्रिम सेवा प्रदायकको दुई ओटा फाइबर केबुल काटिएका कारण यस्तो समस्या आएको र अहिले पुर्ण रूपमा समस्या समाधान भएको जनाएको छ। " हामीले क्यापासिटीको समस्या (क्षमताले इन्टरनेट ट्राफिक धान्न नसक्ने अवस्था) सिर्जना भएको थियो अहिले त्यो समाधान भएको छ ।" कम्पनीले जानकारी दिएको छ ।

नेपालको कुल ईन्टरनेट ट्राफिकको ४३ प्रतिशत वर्ल्डलिङ्कले वहन गर्दै आउनुका साथै नेपालभर झण्डै ८ लाख घरपरिवारलाई सेवा दिदै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्