विराटनगर । विराटनगर ९ स्थित ग्रीनल्याण्ड कलेजका मनिष कुमार साहले व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम भएको कलेजले दाबी गरेको छ।
साहले राष्ट्रिय परीक्षाबोर्डले लिएको कक्षा १२ को परीक्षामा ३.९२ जीपीए ल्याई व्यवस्थापन संकायमा प्रदेश प्रथम भएका हुन् ।
त्यस्तै कलेजले विज्ञानतर्फ उच्चतम ३.८६ जीपीए ल्याएको छ । दुवै सङ्कायतर्फ उत्कृष्ट नजिता आउनुमा वर्षैभरी कलेजले सञ्चालन गर्ने फ्री कोचिङ्ग तथा विद्यार्थी र शिक्षकको लगनशीलता नै प्रमुख रहेको कलेजका संचालक भारवी न्यौपानेले बताए ।
राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै कलेजका विद्यार्थीहरु वर्षेनी विभिन्न विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ्ग, एमबीबीएस् तथा वीवीएमा समेत अत्याधिक संख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रहेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए।
यसै वर्ष मात्र एमवीवीएसमा ११ जना, वीडीएसमा ९ जना, विएससि नर्सिङ्गमा ९ जना, इन्जिनियरिङ्गमा ४२ जना र वीवीएमा २१ जना पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको प्रिन्सपल पोखरेलले बताए ।
अत्याधिक विद्यार्थीहरु छात्रवृत्तिमा नाम निकाल्न सफल प्रदेशको एक मात्र ग्रीनल्याण्ड कलेज रहेको कलेजले दावी गरेको छ । कलेजले कक्षा ११ देखि नै सुपर ४८ ग्रुप बनाई मेडिकल, इन्जिनियरिङ्ग, पारा मेडिकल, एप्लाइड साइन्स तथा सिम्याटका कक्षाहरु संचालन गर्ने गरेकाले विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको संचालक राजीव मिश्राले बताए ।