कोशीको पुलमा गाडी रोकेर डाक्टर बेपत्ता, खोजतलास गर्दै प्रहरी

<span class='c1'>कोशीको पुलमा गाडी रोकेर डाक्टर</span> <span class='c2'>बेपत्ता, खोजतलास गर्दै प्रहरी</span>

विराटनगर । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा.प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् ।

झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइराला चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार रोकेर उनी हराएको जानकारी दिएका छन् । बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको जानकारी दिइएको छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए ।

डाक्टर कोइराला राती २ बजे कोशीको पुलमा आएको सिसी टिभि फुजेटमा देखिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको गोथाखोरको टोली र इप्रका रामपुरबाट सइको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको डिएसपी चौधरीले जानकारी दिए ।

सुनसरी प्रहरीका प्रमुख प्रभु ढकालले उदयपुरको प्रहरीसँगको समन्वयमा सुनसरी प्रहरीले समेत अहिले वेपत्ता चिकित्सकको खोजि कार्य गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्