विराटनगरमा बुझेकाहरु नै मिटरब्याज पीडित

विराटनगरमा बुझेकाहरु नै मिटरब्याज पीडित

विराटनगर । विराटनगर–४ का लक्ष्मण प्रसाद घिमिरेले मंगलबार विराटनगर–८ का विष्णु प्रसाद पोखरेल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगमा निवेदन दिए । उनले पोखरेलले सहकारीको नाममा जग्गा दृष्टिबन्धक राखेर व्यक्तिगत ऋण लगानी गर्दा मिटरब्याज असुल्ने गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् ।

घिमिरे र पोखरेल एकअर्कालाई बुझेका र लामो समयदेखि कारोबार गर्दै आएका व्यक्तिमा पर्दछन् । पोखरेल लाभा बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् । उनको यो सहकारी विराटनगर ५ मा रहेको थियो । विराटनगर महानगरपालिकाको कारवाहीमा परेपछि अहिले विराटनगर ८ मा सारिएको छ ।

मंगलबार पीडित भनिएका घिमिरेले पत्रकार महासंघमा आफ्ना गुनासो राखेका छन् । उनका अनुसार २०७१ सालमा ३९ लाख रुपैँया सापटी लिएको ऋण सात करोड फिर्ता गर्दा पनि अझै ३ करोड २५ लाख बुझाउन बाँकी रहेको जनाएका छन् ।
घिमिरेलाई कसरी यस्तो हुन्छ भनेर जिज्ञासा राख्दा उनले भने–त्यसबेला लिएको ऋणको मिटरब्याज जोडेर १ करोड ४० लाख पु¥याए । ७० लाख बुझाउँदा पनि ३९ लाखको साँवा ब्याज नसकिएपछि उनले चेक र र तमसुकमा हस्ताक्षर गराएर लिए । चेकमा उल्लेखित रकम जम्मा गर्न नसक्दा २०७७ सालमा बैंकमा कालोसुचीमा पारे । उनलाई आग्रह गरेर कालोसूचीबाट हटाउन लगाउँदा अर्को तमसुक बनाएर बाँकी रकम देखाए ।
घिमिरेको नाममा विभिन्न ठाउँमा जग्गाहरु पनि छ । त्यसमध्ये केहि जग्गा सहकारीको नाममा दृष्टिबन्धक गरेर पोखरेलले लगानी गरेका छन् । यदि घिमिरले पैसा नदिएसम्म सहकारीको दृष्टिबन्धकमा रहेको जग्गा फुकुवा हुँदैन । यसरी असजिलोमा पारेर पोखरेले घिमिरेको घाँटी निमोठेको अर्का स्थानीय कनैयालाल साह बताउँछन् ।

पोखरेलले भने घिमिरेसँग कारोबार गर्दा राम्रै भएपनि अहिले आएर बेइमान गरेको बताए । उनले आफ्नो साँवा रकम मात्रै फिर्ता दिए भईहाल्ने बताए । यता घिमिरेले भने अब कुन साँवा र कुन ब्याज  भनेर छुट्याउँनै नसक्ने रकम आफु तिर्ननसक्ने अवस्थामा पुगको बताए । त्यति मात्रै नभई उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै हतास मनस्थितिको संकेत गरेका छन् । यस अगाडी समेत विराटनगरमा मिटरब्याजको भारले थिचिएका एकजना व्यक्तिले विष सेवन र्दा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्