राधाकृष्ण रथयात्रा : उत्साह भरौं, सद्भाव बाँडौं

राधाकृष्ण रथयात्रा : उत्साह भरौं, सद्भाव बाँडौं

विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने गरेको छ । यो प्रतिकात्मक हिसाबले धार्मिक रुपमा एक प्रसिद्ध मानिन्छ । राधाकृष्ण रथारोहणको महत्व विराटनगरको पहिचानसँग जोडिएको छ । जसमा धार्मिकसँगै आत्मियता दर्शाउने उत्साहजनक जनसहभागिता रहने गरेको छ । विगतका वर्षहरुको भव्यता बारे विराटनगरवासी मात्रै नभई बाहिरका धर्मानुरागी जसले साँस्कृतिक महत्व बुझ्न चाहन्छन्, उनीहरु जानकारीमै छन् । यसले मासलाई मात्रै नभई आमभावनालाई समेत अभिव्यक्त गरिदिने गरेका कारण पनि राधाकृष्ण रथयात्राको महत्व सकारात्मक रहँदै आएको छ ।

वि.स. १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत गरिएको थियो । त्यसयता कोरोना संक्रमणको समयमा सांकेतिक रुपमा बाहेक यसको भव्यता अवलोकन गर्न लायकको हुने गरेको छ । रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउने गरिएको छ । यो दक्षिण एशियामै धेरै जनसहभागिता हुने रथयात्रा मानिन्छ । भारतको उडिसास्थित जगन्नाथपुरीमा निकालिने रथयात्रापछि विराटनगरको रथयात्रामा स्वतःस्फूर्त श्रद्धा जनाउनेहरुको उपस्थिति रहने गरेको छ । यो वर्ष ५५ औं संस्करणको रथयात्राले नगरपरिक्रममा गर्नेछ । यस अगाडीका ५४ वर्षसम्म यसको महत्व उस्तै थियो । पछिल्लो समय यसको महत्व झन् बढ्दो क्रममा छ ।

विराटनगरको रथयात्राको फरक विशेषता भनेको यसको भव्यतामा बहुधार्मिक संयोग पनि छ । राधाकृष्ण रथयात्रामा सरिक हुने सबै धर्म मान्नेहरुको उपस्थिति रहने गरेको छ । आस्था फरक भएपनि राधाकृष्ण रथयात्राको भव्यताका आवश्यक पर्ने अवलोकनमा समान दृष्टिकोण राखिने गरिएको छ । त्यसै रथयात्रामा सरिक हुनेहरु सबैले दर्शन गर्ने मनसाय मात्रै राखेका हुँदैनन् । यसको अवलोकनका लागि पनि आएका हुन्छन् । भव्यता दर्शाउने एउटा महत्वपूर्ण उत्साहले सद्भावलाई एकतामा बाँधेको छ । जसले विराटनगरलाई चिनाउन र पहिचान दिनका लागि एक महत्वपूर्ण कार्यको रुपमा स्थान बनाएको छ ।

विराटनगरवासीले यस कार्यमा उपस्थित भएर उत्साह भर्ने र नगरवासीबीच सद्भाव बाँड्ने अवसरको रुपमा लिनुपर्दछ । जसले आफ्नो ठाउँको पहिचान झल्काउँछ, त्यसको अस्तित्व रक्षा गर्नु नागरिकको दायित्व हुन्छ । राधाकृष्ण रथयात्रा विराटनगरका लागि जीवन बनेको छ । रथयात्राको जीवन भने विराटनगरवासी । एकाअर्कामा अन्तरनिर्भरता रहेको राधाकृष्ण रथयात्रालाई भव्यतापूर्वक सम्पन्न गर्नु सबैको दाियत्व हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्