७० वर्षमा छोरासँग डराएर भारत पुगिन् मालोहदेवी

७० वर्षमा छोरासँग डराएर भारत पुगिन् मालोहदेवी

विराटनगर । मोरङ जहदा गाउंपालिका ६ पोखरियाकी मालोहदेवी गनगाई उमेरले ७० वर्ष टेकेपछि छोरासँग लुक्दै जीवन विताई रहेकी छिन् । उनी छोरा र उनका मान्छेहरुले मार्छन् की भन्ने डरमा भारतमा लुकेर बस्न बाध्य भएकी हुन् ।

उनले एक वर्षअघि क्यान्सर रोगका कारण श्रीमान गुमाइन् । चार सन्तान रहेका उनका दुई छोरी बिहे गरेर गए । दुई छोरामध्ये जेठो काठमाण्डौं व्यवसाय गरेर बस्छन् त कान्छो ससुरालीमा । आफ्नो उर्जाशिल समय बिताएको घर एक्लै कुरेर बसेकी उनलाई कान्छो छोरा ४० वर्षीय धु्रवलाल सरदारले बारम्बार टर्चर दिए र आक्रमण गरेर हात समेत भाँचिदिए । उनी अंश हत्याउन ससुराली प्रयोग गरेर आमामाथि कुटपिट गराउँदै आएका छन् ।

गत साउन ११ गते जेठो छोरा घरमा आएका दिन बेलुका एउटा समुह जबरजस्ती घरमा छिरेर जेठो छोरा मोतीलाल र मालोहदेवीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । सम्पत्तीका लागि उसले मार्न खोजेको मालोहदेवीको भनाई छ ।
अहिले उनी भारत अररिया जिल्लाको एक गाउंमा छोरीको घरमा छिन् । जहदाको घर फर्किए पुनः मार्ने प्रयास हुंने डर उनलाई छ । घरमा लुटपाट गरेर आमा र दाजुलाई ज्यान मार्ने गरी कुटपिट गरेको आरोपमा धु्रवलाल थुनामा छन् । छोराले ल्याएका मानिसले दिएको शारीरिक यातनाका कारण उनको देब्रे हाटको कुमको हड्डी फुटेको छ । ‘लुगा च्यातेर नाङ्गो बनाएर लखेटे, उनीहरुलाई हदैसम्मको कारवाही हुनु भई दिए हुन्थ्यो’ मालोहदेवीले रुँदै आग्रह गरिन् ।

छोराको हरकत माफीयोग्य नभएको मालोहदेवीले बुझेकी छिन् । उनले भनिन् आमा भएर पनि छोरालाई माफी दिनसक्ने कर्म गरिरहेको छ । कुटपिटमा संलग्नहरुलाई प्रहरीले डाका र ज्यान मार्ने उद्योगमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसका आधारमा अभियोजन दर्ता भए अनुसार यही भदौ ११ गतेको जिल्ला अदालतको आदेशमा सात जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आरोपीहरु भने पक्राउ नपरेको मालोहदेवीका जेठो छोरा मोतिलालको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी पोखरिया र मझारेलाई गत १३ गते नै पत्राचार गरिसकेको छ । घटनामा संलग्नहरु जहदा ५ का मुलचन्द खां, दिपु खां, चमेली खां, कुन्दन खां, मिना खां, भारत निवासी दिपा कुमारी र रबिन्द्रकुमार सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

यस्तो छ पारिवारिक पृष्ठभूमि
दाजु मोतिलालका अनुसार, भाई धु्रवलाल अंश लिएर छुट्टीएपछि उनी वैदेशिक रोजगारीमा विदेश गए । त्यस बेला बहिनीको बिवाह गर्नु पर्ने भएकाले उनको भागको जमिन बिक्री गरियो । बाबुको क्यान्सरको उपचारमा थप जमिन बेच्नु पर्यो । बाबुको मृत्युपछि आमाबाको नाममा रहेको जमिनपनि आफ्नो हुने आशामा ससुराली प्रयोग गरी घरबाट लखेटेको मोतिलालको दाबी छ ।
२२ वर्षअघि भारतबाट बिहे गरेर ल्याइएकी जेठी बुहारी घर बसिनन् । भारतमै शिक्षकको जागिर पाएकाले उनी आठ वर्ष घर नआएकाले मोतिलालले अर्को बिहे गरेका थिए । मोतिलालका छोरापनि १२ वर्षका भई सकेका छन् । भारतमा अर्कै घरजम गरेको दाबी गरिएकी जेठी बुहारी दिपा कुमारीले हाल आएर बहुबिवाहमा मुद्दा दिएको आधारमा जिल्ला अदालतबाट मोतिलाललाई कैद सजाय तोकिएको छ । यता बहुविवाहमा कैद सजाय तोकिएपनि उनलाई आमामाथि हुनसक्ने हमलाको चिन्ता रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्