याक्थुङ समुदायमा फेरी जन्मदैन होला अर्को ‘सुवास नेम्वाङ’

याक्थुङ समुदायमा फेरी जन्मदैन होला अर्को ‘सुवास नेम्वाङ’

सुजता लिम्बु
उबेला बिहानको समय होस् वा साँझ रेडियो सुन्दै मेरा बा ले भन्ने गर्थे ,‘राजनीतिमा लिम्बूको शिर राख्ने एकजना सुवास नेम्वाङ छन् ।’
आमा भने बाको कुरालाई प्रतिकार गर्दै कान छेवैमा टाँसेर सुन्दै गरेको रेडियो खोस्दै भन्ने गर्थिन ,‘आ ! जो भए पनि हामी निमुखाका लागि काम लाग्दैनन् ।’

आमाले खेसेर टेबलमा राख्न लागको रेडियो हत्तपत्त तान्दै बरबराउदै भन्थे, हाम्रा लागि किन गर्नु पर्यो देशका लागि गर्छन, अनि को लिम्बूहरु बौद्धिक नेता छन् ?
बालाई हेर्दै आमाको मुख बिगराई र आमाको रिसलाई बेवास्ता गर्दै बाको ध्यान समाचारमा उ बेला त्यो दृष्य कुनै टेलिसियर भन्दा कम लाग्दैन थियो ।

रेडियो खोसाखोस र आमाबाको विवाद त्यो बाल्यकालमा देख्दा र सुन्दा झगडा जस्तो लाग्थ्यो । तर अहिलको वर्तमान राजनीतिक अवस्था र परिवेशलाई बुझ्दा झगडा नभएर समाजिकरुपमा बेहोरेर ल्याएकै भोगाइ बीचको अन्तरद्धन्द्ध रहेछ । खैर,
आज बिहान ७ बजेतिर आँखा खुल्यो । निद्राबाट आँखा खुलिसक्दा मोबाइलको स्कृन र इनटरनेट पनि खुलिसक्छ । र एकपटक सामाजिक सञ्जाल घुम्ने बानी बसेको छ ।

सोही अनुसार फेसबुक खोल्ना साथ ‘नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन’ भन्ने समाचारको हेडलाइनले मन यसै अत्यास बनायो ।
मोबाइलका स्क्रिन स्क्रोल गर्दै गरेका हातहरु रोकिए, श्रद्धान्जली दिनका निम्ति शब्दहरु पनि यसै विलिन भए ।
नेम्वाङको निधनसँगै `बा´ले रेडियोमा बज्ने समाचारमा उनको नाम सुन्ने वित्तिकै ताफिर गरेका शब्दहरु मेरा मानसपटलमा ताजा बनेर घुम्न थाल्यो । अब लिम्बु समुदायमा ‘सुवास’ जस्तो नेता जन्मन निक्कै वर्ष लाग्छ होला हौ, कि जन्मदैन भन्दै आफ्ना दौँतरलाई गफ दिनुभएको याद आयो ।
भर्खर ब्यूँझिएको म ओछयानमा पल्टेर मोबाइलमा समाचार पढ्दै गहिरो सोँचमा डुबुल्कि मार्दै निक्कै वर्ष अगाडीका दिनहरुमा धकेलिन पुगेछु ।
त्यसो त मैले पनि बाल्यकालदेखि हाम्रो समुदाय अर्थात लिम्बू समुदायमा नेता भनेर चिनेको सुवास नेम्वाङ नै थिए ।
रेडियोमा नाम र टिभिको स्कृनमा देखेको नेम्वाङलाई पहिलो पटक काठमाण्डौमा पाँच वर्ष अगाडी पारिवारिक एक कार्यक्रममा भेट्दा बा ले रेडियो र टिभिको स्कृनमा देख्ने सुवास नेम्वाङ उहाँ नै हो नि ? भन्दै म भित्रको म लाई नै प्रश्न गरेकी थिए ।

मैले उनलाई नचिनेर भन्दा पनि `बा´ले रेडियोमा नामले चिनेको वा भनौँ बाको प्रीय नेतालाई प्रत्यक्ष देख्न र केही बेर गफिन पाँउदा हर्षित भएर हर्षका भाव आफ्नै मनसँग साटेकी थिए ।
पहिलो भेटमा उनको शालिनता र कम बोल्ने स्वभावले प्रभावित भएको थिए ।
त्यो समय उहाँले मलाई सोध्नुभएको थियो ,‘ पुर्खौली घर कहाँ हो ?, अनि कुन लिम्बू, काठमाडौँमा के गर्नुहुन्छ ?’ उहाँले सोध्नुभएको प्रश्नको जवाफ दिँदै गए उनले मुन्टो हलाउदै मेरा जवाफको प्रतिक्रया दिँदै थिए ।
उनले सोधेका तीनैवटा प्रश्नको जवाफ मध्यैको अन्तिम जवाफमा मैले अंगालेको पेसा अर्थात संचार क्षेत्र र यो पेसामा आइपर्ने चुनौतीसँगै उभिन खोजेका प्रयासहरु सुनाएकी थिए ।

उनले मेरो पेसा अर्थात पत्रकारिता क्षेत्रमा चुनौती, सम्भावनाहरुको बीच पनि टिक्न खोज्ने मेरो आँटलाई खुलेर प्रशंसा गरका थिए ।
काठमाण्डौ छोडेसँगै भेट्ने अवसर नमिले पनि टेलिफोन मार्फत सम्पर्क हुँदा सहज सम्पर्कमा पुग्ने सक्ने नेताको रुपमा मान्ने मैले उनले दिएको हौसलापूर्ण अभिव्यक्ति जीवन्त प्रेरणको श्रोतका रुपमा संचित गरेर राख्नेछु ।

नेपाली राजनीतिमा एउटा परिपक्क, शालीन , सहमति, सहकार्य र एकताको छवी बनाउन सफल उनको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ । यता, मोरो बाले भने जस्तै याक्थुङ समुदाय अर्थात लिम्बू समुदायले एउटा राजनीतिक क्षेत्रमा उच्च स्थान ओगट्न सफल व्यक्तित्व गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्