विराटनगरमा गाँजा छोडेर भाग्छन् तस्कर

<span class='c1'>विराटनगरमा गाँजा छोडेर</span> <span class='c2'>भाग्छन् तस्कर</span>

विराटनगर । विराटनगर–१४ आईसीपी सडकमा ४० केजी गाँजा बरामद भएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले उक्त गाँजासहित मोटरसाइकल छोडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा गाँजा फेला परेको हो ।

भारत कटाउन आईसीपीतर्फ गईरहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीको टोलिले शंका लागेर चेकजाँच गरेको थियो । त्यसमा क्रममा चालक मोटरसाइकल छोडेर भागेको दावी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रानीका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार मोसा चालकले झोलामा केहि सामान बोकेर गइरहेको बेला आकस्मिक चेकजाँचका लागि रोकिएको थियो । त्यस क्रममा उनी भागेपछि मोसाको झोला हेर्दा गाँजा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्