रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन, एकजना पक्राउ

<span class='c1'>रंगेलीमा १३ वर्षीया बालिकाको</span> <span class='c2'>असुरक्षित गर्भपतन, एकजना पक्राउ</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा १३ वर्षीया बालिकामाथि जर्बरजस्ती करणीबाट बसेको गर्भ असुरक्षित रुपमा पतन गराएको घटना सार्वजानिक भएपछि एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले जर्बरजस्ती करणी आरोपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।

संलग्न नाबालकले विवाह गर्ने भन्दै १३ वर्षीया बालिकालाई पाँच महिना अगाडी जर्बरजस्ती करणी गरेपछि गर्भ बसेको थियो ।

उक्त गर्भ पतन गराउन बालिकाको घरमै असुरक्षित रुपमा औषधी सेवन गराइएको थियो । बालिकाले मृत शिशुको जन्म दिएको सुचना प्रहरीले पाएपछि घटनास्थल पुगेर सोधखोज गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले दुवैजना नाबालक रहेको जानकारी दिएका छन् । घटनाको अनुसन्धानसँगै जर्बरजस्ती करणी र गर्भसंरक्षण कसुरमा अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्