चाडपर्वमा लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रण गर्न विराटनगरको सीमा क्षेत्रमा ‘डग स्क्यान’

<span class='c1'>चाडपर्वमा लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रण</span> <span class='c2'>गर्न विराटनगरको सीमा क्षेत्रमा ‘डग स्क्यान’</span>

विराटनगर । चाडपर्व नजिकीदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रनेको संख्या उल्लेख्य हुन्छ । चाडपर्व मनाउन आउनेहरुको ताँतीमा लागुऔषध तथा विष्फोटक पदार्थ भित्र्याउने समेत उतिकै सक्रिय हुने गरेका विगतका तथ्यले देखाएको छ ।
कोशी प्रदेशको मुख्य नाका विराटनगर रानीबाट नेपाल भित्रनसक्ने लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रणका लागि प्रहरीले सीमा क्षेत्रमा ‘डग स्क्यान’ सुरु गरेको छ । यसवर्ष सोह्रश्राद्ध नसकिदै चाडपर्व लक्षित सीमा चेकजाँचमा कडाई र थप व्यवस्थित गरिएको हो ।

विराटनगरको रानीस्थित मुख्य प्रवेश गर्ने नाका, यससँग नजिक रहेका सहायक नाका र गौंडामा समेत प्रहरीले तालिम प्राप्त कुकुरमार्फत चेकजाँच थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले लागुऔषध र विष्फोटक पदार्थ ओसारपसार हुनसक्ने संभावनालाई आंकलन गर्दै ‘के नाईन’ प्रहरी कार्यालय धरानको सहयोगमा अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले चाडपर्वमा लागुऔषध र पटकालगायतका बिष्फोटक पदार्थ भित्रनसक्ने संभावना उच्च रहेको विगतका वर्षको तथ्यले देखाएको हुनाले यस वर्ष कुकुरसहितको टोलि परिचालन गरिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप बेल्वासले रानी क्षेत्रमा दुईवटा तालिम प्राप्त कुकुरसहित मुख्य नाका र सहायक नाका समेतमा चेकजाँच भईरहेको जानकारी दिनुभयो ।
सीमापार भारतको जोगबनीबाट लागुऔषध प्रयोगकर्ता, ओसारपसार गर्ने भरिया र कारोबारी समेत दशैंमा घर फर्केका नेपालीहरुको साथमा नेपाल प्रवेश गर्ने गरेको बुझाई प्रहरीको छ । रोजगारी तथा अध्ययनका लागि भारत गएकाहरु घर फर्कने क्रममा घुसपैठ भएर आउनेहरुबाट लागुऔषध र पटाकालगायत बिष्फोटक पदार्थ भित्रने जोखिम देखिएपछि ‘डग स्क्यान’ गर्न जरुरी रहेको ठानिएको हो ।

इलाका प्रहरी कार्यालय रानीले ‘के नाईन’ प्रहरी कार्यालयसँगको सहकार्यमा रानीनाका, दरहिया, मटीयारुवा, इस्लामपुर र हुलाकचौक केन्द्रीत गरेर डग स्क्यान गराउने प्रहरी निरीक्षक बेल्वासेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्