एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालद्वारा मंगोलिया पराजित

<span class='c1'>एसियाली खेलकुद अन्तर्गत महिला</span> <span class='c2'>भलिबलमा नेपालद्वारा मंगोलिया पराजित</span>

एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५-१७ ले जितेको थियो।तर दोस्रो सेटमा नेपाल २५-१८ र तेस्रो सेटमा २५-२१ को जितसँगै अग्रता लिन सफल भयो।

चौथो सेटमा मंगोलिया २५-१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५-१२ ले विजयी भयो।समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो। मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्