विराटनगर जतुवाबाट तीनलाख २१ हजार मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद

<span class='c1'>विराटनगर जतुवाबाट तीनलाख २१ हजार</span> <span class='c2'>मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद</span>

विराटनगर । विराटनगर–१३ बाट तीनलाख २१ हजार ४२४ रुपैँया मूल्य बराबरको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१३ जतुवा नहरबाट प्रहरीले उक्त औषधी बरामद गरेको हो ।

यति ठूलो परिमाणमा प्रतिबिन्धत औषधी ल्याउँदै गरेको अवस्थामा सिआरभी जतुवाको प्रहरी टोलि त्यहाँ पुगेको थियो । प्रहरीलाई लेख्नासाथ संलग्न व्यक्ति भागेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

प्रहरी देखेपछि भाग्नेहरुले झोलामा बोकेको औषधीहरु ओकेरोन ३६४ थान, माइसोफिट २ डब्बा र गासोनोल दुई डब्बा रहेको छ । प्रहरीले बरामद गरेको औषधी आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्