बारीमै गाँजा नष्ट गर्दै प्रहरी

<span class='c1'>बारीमै गाँजा नष्ट</span> <span class='c2'>गर्दै प्रहरी</span>

विराटनगर । गाँजा खेती र कारोबारका लागि उद्गम मानिएको धनकुटाका तीन स्थानीय तहमा प्रहरीले अभियानकै रुपमा फडानी सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी कार्यालयहरुको टोलिले शहिदभूमि र साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकामा अभियानकै रुपमा गाँजा खेती नष्ट गर्ने कार्य सुरु गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला यी तीन पालिकामा ४१२ रोपनीमा लगाएको एकलाख ७८ हजार भन्दा बढी गाँजाको बोट फुल्नु अगावै नष्ट गरिएको छ । प्रहरीले अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्ने अभियानलाई अझै केहिदिनसम्म सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्