ग्लोबल बैंकले ‘क्लाइमेट फन्ड’को २५ मिलियन डलर ऋण लिने

ग्लोबल बैंकले ‘क्लाइमेट फन्ड’को २५ मिलियन डलर ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३२ करोड ८२ लाख रूपैयाँ) ऋण लिने भएको छ। ऋण लिने सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ।

ऋणस्वरूप लिइएको रकमले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।

जिसिपिएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो। वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरूमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जिसिपिएफसँगको सहकार्यप्रति खुसी व्यक्त गरे।

ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने बज्राचार्यले बताए। नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जाक्षेत्रमा प्रभावकारिता, दक्षता वृद्धि गर्न र नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास दुवै पक्षले लिएका छन्।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको वाणिज्य बैंक हो। बैंकले ३ सय ५० शाखा, तीन सय ६९ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्