आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

<span class='c1'>आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा</span> <span class='c2'>अस्ट्रेलियाको पहिलो जित</span>

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ।

सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो।

अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले नटआउट ३१ रन जोडे।त्यसअघि मिचेल मार्सले ५२ रन र जोस इंग्लिसले ५८ रनको योगदान दिए।

बलिङमा श्रीलंकाका दिलसान मधुसंकाले ३ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो।

श्रीलंका लागि ओपनरद्वय पाथुन निसंकाले ६१ रन र कुशल परेराले ७८ रन जोडे। दुईबीच पहिलो विकेटका लागि २१.४ ओभरमा १२५ रनको साझेदारी भयो। त्यसपछि भने श्रीलंका अरु ब्याटर चल्न सकेनन्। बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिन सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्