नेपाल एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा,विराटनगरका दिपेशको सर्वाधिक ६ विकेट

नेपाल एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा,विराटनगरका दिपेशको सर्वाधिक ६ विकेट

साउदी अरबलाई फराकिलो रनले हराउँदै नेपाल एसीसी यु-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ३०१ रनले पराजित गरेको हो । नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै समेटियो । साउदी अरबका लागि बरुण सरवणन मुदलियारले सर्वाधिक ११ रनको योगदान दिए ।

यस्तै, अब्दुल्लाह सिराज र मुहम्मद अहमदले समान ९-९ रनको योगदान दिँदा मुहम्मद अहमत राजाले ४ रन जोडे । अन्य ब्याटरले भने खाता नै नखोलेर पभिलियन फर्किएका थिए । नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ विकेट लिए । यस्तै, आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्