हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालको सिरिजमा लगातार दोस्रो जित

<span class='c1'>हङकङलाई ६ विकेटले पराजित गर्दै</span> <span class='c2'>नेपालको सिरिजमा लगातार दोस्रो जित</span>

नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित निकालेको छ।

नेपाल, युएई र हङकङ सम्मिलित सिरिजको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकाल्दै लगातारको उच्च लय कामय राखेको हो।मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमै समेटिँदै नेपाललाई ९५ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले १३ ओभर ५ बलमानै ४ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा आसिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा रोहित पौडेलले २५ रनमा अविजित रहे। त्यस्तै, गुल्सन झा १४ रनमा अविजित फर्किएका थिए। हङकङका लागि एहसन खानले ३ विकेट लिँदा यसिम मुर्तजाले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ १९ ओभर ३ बलमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो। उसका लागि मुर्तजाले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। खानले गरेको १ छक्का उसको इनिङमा एकमात्र छक्काका रूपमा रह्यो। थप दोहोरो स्कोरका रूपमा जेसन अलीले १७ रन बनाएका थिए। अन्य कुनै पनि खेलाडीले दोहोरो रनमा स्कोर बनाउन सकेनन्।

नेपालका लागि करण केसीले कसिलो बलिङ गर्दै ४ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहराले समान २-२ विकेट लिएको थियो। त्यस्तै, कुशल मल्ल र मौसम ढकालले समान १-१ विकेट लिए। यसअघि सिरजको पहिलो खेलमा बुधबार नेपालले युएईलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्