त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

<span class='c1'>त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउँदै</span> <span class='c2'>फाइनल पुग्ने लक्ष्यमा नेपाल</span>

टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टिम त्यसअघि अभ्यासका रूपमा हेरिएको टी-२० त्रिकोणात्मक सिरिजको फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेस्रो खेलमा शनिबार बिहान ११ बजे प्रतिस्पर्धा गर्दैछ।

मूलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल विरुद्ध हङकङ पहिलो जितको प्रयासमा मैदानमा उत्रिन लागेकाे हाे।

जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

शनिबार हङकङलाई हराएमा नेपाल एक खेल अगावै फाइनलमा पुग्ने छ। पहिलो खेलमा हङकङ नेपाली बलरसामु निरीह रहँदै ९४ रनमै अल आउट भएको थियो। यो पटक नेपाली राष्ट्रिय टोली उच्च लयमा रहेको छ।

नेपाल, युएई र हङकङ सम्मिलित श्रींखलामा तीनै टिम आफ्ना कमजोरीलाई सुधार्दै टी-२० विश्वकपको एसिया छनोटका लागि मैदान उत्रिने तयारीमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्