नेपाललाई यूएईले १६५ रनको बलियो लक्ष्य दियो

<span class='c1'>नेपाललाई यूएईले १६५ रनको</span> <span class='c2'>बलियो लक्ष्य दियो</span>

त्रिकोणात्मक टी २० सिरिज अन्तरगत जारी खेलमा नेपाललाई यूएईले १६५ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोड्यो ।

नेपालका फास्ट बलर सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक-एक विकेट रह्यो ।

खराब सुरूवात गरेको यूएईले २८ रनमा दुवै ओपनरलाई गुमाएको थियो । दुवैलाई सोमपालले आउट गरेका थिए । पहिलो विकेटका रूपमा खालिद साहलाई सोमपालले बोल्ड गरेर भने खतरनाक ब्याट्सम्यान मुहम्मद वसिम सोमपाललाई ठूलो प्रहार गर्ने चक्करमा गुल्सन झाबाट क्याचआउट भए । त्यसपछि अरविन्द र आसिफ खानबीचको साझेदारीले नेपाललाई खतराको संकेत देखाइरहेको थियो । तर, गुल्शनको बलमा विष्फोटक ब्याट्सम्यान आसिफ आउट भएपछि नेपाललाई राहत मिल्यो । आसिफले १७ बलमा १८ रन बनाए ।

चौथो विकेटका रूपमा अलिसान सराफु रन आउट भए । पाँचौ विकेटका रूपमा यूएईले अरविन्दलाई गुमायो । संयमित भएर खेलिरहेका अरविन्दले यूएईका लागि ५१ बलमा ४५ रन जोडे । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए ।

यूएईका लागि बासिर अहमदले विष्फोटक पारी खेले । उनले १९ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ४५ रन जोडेपिछ यूएई ठूलो स्कोरतर्फ लम्किएको थियो । बसिललाई अविनाशको बलमा नेपालका कप्तान रोहित शर्माले लङ अनमा सनसनीपूर्ण क्याच लिएर आउट गरे ।

सातौं विकेटका रूपमा अलि नासर करण केसीको बलमा आउट भए । केसीले आज महंगो बलिङ गरेका छन् । उनले ४ ओभरमा ५३ रन खर्चिएर एक विकेट मात्र लिएका छन् । अन्तिम बलमा उनलाई अर्को विकेटको मौका थियो, तर नेपालले क्याच ड्रप गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्