एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै

<span class='c1'>एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा</span> <span class='c2'>आज नेपाल र युएई भिड्दै</span>

एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा जापानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले सिंगापुरलाई पराजित गरेर फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेसँगै नेपाल र युएई एसिया कपका लागि छनौट भइसकेका छन् । त्यसैगरी तेस्रो स्थानको खेलमा जापानले सिंगापुरलाई पराजित गरेसँगै तेस्रो हुँदै एसिया कपका लागि छनौट भएको छ ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने प्रिमियर कपबाट नेपाल, युएई र जापान एसिया कपमा छनौट भएका छन् । आज हुने फाइनलबाट प्रिमियर कपको विजेता र उपविजेताको टुंगो लाग्ने छ । यू-१९ एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्