दशैंभर कोशी प्रदेश शान्तिपूर्ण, सवारी दुर्घटनामा १७ जनाको मृत्यु

<span class='c1'>दशैंभर कोशी प्रदेश शान्तिपूर्ण, सवारी</span> <span class='c2'>दुर्घटनामा १७ जनाको मृत्यु</span>

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा यसपटक दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा मनाइएको छ । विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामाजिक अपराध नभएको कोशीमा दशैभर सवारी दुर्घटनामा भने १७ जनाको मृत्यु भएको छ ।

ठूला अपराधिक घटना, चोरी डकैटी नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनादेखि यता कोशी प्रदेशको १४ वटा जिल्लामा १४७ वटा सवारी दुर्घटना भएको छ भने १७ जनाको मृत्यु भएको छ । सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको र चाडपर्व विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएकाले पनि ठूला अपराधिक घटना हुन नपाएको प्रहरी अधिकृतहरुको भनाई छ ।

यस्तै ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दसैँमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरिएको छ । कारवाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन–कुन जिल्लामा दुर्घटना भयो ?
सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा गत शुक्रबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे सुनसरीको दुहबी नगरपालिका–११ स्थित दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० वर्षे अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी शनिबार बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितमा प्र. १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमिगाउँपालिका–१ का ४९ वर्षे हरिभक्त राई घाइते भएका थिए । घाइत राईको उपचारका क्रममा धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका–५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षे कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा दमकमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्