धनकुटा र भोजपुरमा अवैध गाँजा खेती प्रहरीद्वारा फडानी गरी नष्ट

<span class='c1'>धनकुटा र भोजपुरमा अवैध गाँजा</span> <span class='c2'>खेती प्रहरीद्वारा फडानी गरी नष्ट</span>

विराटनगर । धनकुटा र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १२ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव ६ हजार ४ सय वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।


यसैगरी इलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउपालिका-२ स्थित पाखा बारीमा लगाएको १ हजार वटा गाँजाको बोटहरु जलाई नष्ट गरेको छ ।

अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तर रुपमा संचालन भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्