तेह्रथुमको छथर गाँउपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने

<span class='c1'>तेह्रथुमको छथर गाँउपालिकाले कोदोको</span> <span class='c2'>रक्सीलाई ब्राण्डिङ गर्ने</span>

विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाले ‘कोदोको लोकल रक्सी’ कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ ।

घरेलु मदिरााई प्रतिबन्ध लगाउनु भन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए । मौलिक संस्कृति तथा परम्परागत र शिपसँग जोडिएका घरेलु उत्पादनलाई मापदण्ड अनुसार ब्रान्डिङ र बजारीकरणका लागि कानुन निर्माणमा अहिले गाउँपालिका जुटिरहेको बताउदै उनले महिलाहरुलाई आर्थिक सशक्तिकरणको पाटोमा समेत बल पुग्ने उनको भनाई छ । ‘रक्सी सेवनका लागि राम्रो त होइन , प्रतिबन्ध लगाउदा पनि कही न कतै बनिन्छ, त्यसमा पनि परम्परा र संस्कृतिसँग जोडिएका कुराहरु पनि छन्, यसैलाई कानुनी प्रक्रिया पुरा गरेर मापदण्ड अनुसार बनाउने तयारीमा हो,’ उनले भने,‘व्यवस्थित सहित कसरी बनाउन सकिन्छ त्यो विज्ञहरुसँग सल्लाह भइरहेको छ, यसका लागि सबैलाई तालिम दिने हो ।’

लोकल रक्सीको जिल्ला बाहिर बिक्री वितरणका लागि कानुनी अफ्ठ्याराहरु फुकाउने कार्यमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीरहेको समेत बताउदै उनले सहमति प्राप्त नभएमा पालिकाभित्र मात्रै विक्री वितरण गर्नेगरी पनि गाउँपालिकाले काम गरिरहेको बताए ।

त्यसो त अघिल्लो सरकारको सामाजिक विकास मन्त्रालयले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धनका लागि प्रदेश योजना आयोगका सदस्य पूणर्कुमार लोक्सोमको संयोजकत्वमा सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन समेत गरेको थियो । तत्कालिन सामाजिक मन्त्री उषाकला राईको अवधारणा अनुसार योजना आयोगका लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको थियो । तर, अहिलेसम्म ठोस निणर्यमा भने पुग्न सकेको छैन ।

कोदोको रक्सीको व्यवासायीक उत्पादन, उपभोग र बजारीकरणका लागि विद्यमान कानून वाधक रहेकाले कानुन परिमार्जनका लागि समेत प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको अध्यक्ष लिम्बूले बताए ।
लोकल रक्सीको ब्राण्डिङमा स्थानीय श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने र यसैको माध्यमबाट जीविको पार्जन तथा आर्थिक क्रियाकलाप अगाडि बढाउने योजना रहेको उनको भनाई थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्