कराँतेका दुई प्रशिक्षक विराटनगरका सुवेदी र राउत बलात्कारमा दोषी ठहर

<span class='c1'>कराँतेका दुई प्रशिक्षक विराटनगरका सुवेदी</span> <span class='c2'>र राउत बलात्कारमा दोषी ठहर</span>

विराटनगर । सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगरका दुईजना कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो ।

उनीहरु किशोरीलाई सामूहिक बलात्कार अभियोगमा २०७९ भदौ ६ गतेदेखि पूर्पक्षका लागि थुनामा थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा अनुशासन इन्चार्ज प्रमुख थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएर बलात्कार गराएका थिए ।

दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक–पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्