नेपाली काँग्रेस विराटनगरका सहसचिव पोखरेलको दुर्घटनामा परेको कारमा आगजनी

नेपाली काँग्रेस विराटनगरका सहसचिव पोखरेलको दुर्घटनामा परेको कारमा आगजनी

विराटनगर । इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत असोज १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा फेला परेको हो ।

दुर्घटनास्थलमा कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिएका हुन् । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको थियो ।
शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको थियो । इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते भएका थिए ।

प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो । उपचारपछि कारधनी पोखरेल घरमा आराम गरेका थिए । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिव पोखरेलले कार जलाउनेलाई कारवाहीको माग गरेका छन् । लामो समयसम्म दुर्घटनास्थलमा आफ्नो सवारी छोडिएको विषय भने रहस्यमय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्