कोशी प्रदेशसभामा सभामुख चयन गर्न सांसदको माग

<span class='c1'>कोशी प्रदेशसभामा सभामुख चयन</span> <span class='c2'>गर्न सांसदको माग</span>

विराटनगर । कोशी प्रदेशसभालाई सभामुखविहीनताको स्थितिमा राख्न नहुने भन्दै सांसदहरुले तत्काल प्रक्रिया बढाउन माग गरेका छन् । लामो समयदेखि रिक्त रहेको सभामुख चाँडै परिपुर्ती गर्नुपर्ने भन्दै सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले माग गरेका हुन् ।

प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसदहरु मैया श्रेठले साउन महिनादेखि सभामुख विहिन रहेको अवस्थामा चाँडै सभामुख परिपुर्ति गर्नुपर्नेमा जोड दिएकी हुन् । कठिन परिस्थितिको बाबजुद प्रदेशसभा सञ्चालन भईरहेको बताउँदै उनले यथासिघ्र सभामुख चयनको प्रक्रियामा अगाडी बढ्नुपर्नेमा जोड दिएइन् ।

राप्रपाका सांसद गोपाल विकले पनि सभामुखको व्यवस्था हुनुपर्नेमा जोड दिए । नेपाली काँगे्रसकी सांसद सोभा चेम्जोङले प्रदेशसभा सभामुखविहीन भएकाले यथासिघ्र सभामुखको निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्