आकर्षक कोशी प्रदेश प्रहरी कार्यालय

आकर्षक कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । विराटनगर महानगरपालिका १६ रानीमा रहेको कोसी प्रदेश प्रहरी कार्यालयलाई सौन्दर्यकरण गरेर व्यवस्थित र एवंम आकर्षक बनाइएको छ । प्रदेशका १४ जिल्लाको ‘सुरक्षा कमाण्ड’ सम्हाल्दै आएको कार्यालय परिसर आकर्षक र सुन्दर बनाइएको हो ।

अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीको कार्यालयलाई सबै हिसाबले अब्बल बनाउन गरिएको सुरुवातले सौन्दर्यकरण गरिएको छ । व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिएको कार्यालयको सुन्दरताले जोकोहीलाई प्रभावित बनाएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला लगायतका प्रहरी अधिकारीको मेहनत र सक्रियता एवं स्थानीयदेखि प्रदेश सरकारसम्मको सहयोग तथा आन्तरिक स्रोत व्यवस्थापनले प्रहरी कार्यालय नमूना, प्रविधिमैत्री, नागरिक र अपांगतामैत्री तथा व्यवस्थित बनाइएको हो । कार्यलयको बातावरण एवम सुन्दर बनायो भने कार्यमैत्री बन्ने र कार्यलयमा काम गर्ने प्रहरी कर्मचारीलाई राम्रो बाताबरण बन्ने कार्यलयको उद्देश्य रहेको छ ।

नयाँ रूप धारण गरेको प्रदेश प्रहरी कार्यालयको अत्याधुनिक एवं सुविधा सम्पन्न भवन कोसी प्रदेश सरकारको १९ करोड १४ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो । भवनको शिलान्यास २०७५ फागुन २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए । साना र ठूला गरेर ७५ कोठे भवनको उद्घाटन २०७९ फागुन ११ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

प्रदेश सरकारले बनाइदिएको त्यही कार्यालय अहिले आकर्षणको केन्द्र बनेको छ । हेर्दा संग्रहालयजस्तै देखिन्छ । प्रहरी बस्ने भौतिक संरचना अति नै जीर्ण र सुविधा विहीन रहेको तथा नागरिकको सुरक्षामा अहोरात्र खट्नुपर्ने प्रहरी आफैं असुरक्षित बनिरहेको चर्चा चलिरहँदा प्रदेश प्रहरी कार्यालय भने सबैको मन लोभ्याउने थलो बनेको छ ।
बगैंचा निर्माण, पर्खालको रंगरोगन, विभिन्न वस्तुको प्रयोग मार्फत सजाएर पर्यटकीय स्थलको जस्तै झल्को दिने गरी हेर्न लायक बनाइएको छ । आकर्षक पानीको फोहोरा निर्माण सम्पन्न हुन बाकी छ ।

प्रदेश प्रहरी कार्यालय पुग्ने जो कोही त्यहाँको मन लोभ्याउने सुन्दरताले प्रभावित हुन्छन् । सुन्दरताको प्रतीक जस्तो कार्यालयमा मुख्य गेट र ‘कम्पाउण्ड वाल’ निर्माण गरिएको छ । कोसी प्रदेशअन्तर्गतका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको तस्बिर राखेर ‘कम्पाउण्ड वाल’लाई आकर्षक बनाइएको छ । जसले पैदलयात्रीमा समेत आकर्षण बढाएको छ ।

कार्यालयको बाटो हुँदै हिँड्नेहरुले प्रदेशका पर्यटकीयस्थलका फोटाहरु अवलोकन गर्न पाउने छन् । पूर्वि जिल्लाका पर्यटकिय एवंम धार्मिक स्थलका तस्विरहरु कैद गरेर राखिएको छन् । जहाँ रातको समयमा जडान गरिएको लाईटले गर्दा आर्कर्षित देखिन्छ ।

प्रहरीको इतिहास झल्किने ‘प्रोटे«ट’ फोटा एवं प्रदेशका धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न सामग्री सहित कार्यालयको प्रयोजनार्थ ‘स्मार्ट टिभी’ र ‘स्मार्ट बोर्ड, कार्यालयको भवनमा ‘एलईडी स्क्रिन’ समेत राखिएको छ ।

यता प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले मातहतका प्रहरी कार्यालयलाई आकर्षक बनाउनलाई सौन्दर्यकरणको काम सुरु गर्नसमेत निर्देशन दिनुभएको छ । नियमित सरसफाइ, फोहोरमैलाको व्यवस्थापन, ‘ब्युटीफिकेसन’, ‘गार्डेनिङ’, करेसाबारी निर्माण लगायतमा ध्यान दिन उहाँको निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्