मोरङमा संगठित गिरोह खडा गरेर डाका र चोरी गर्ने अभियुक्त कारागार चलान

मोरङमा संगठित गिरोह खडा गरेर डाका र चोरी गर्ने अभियुक्त कारागार चलान

विराटनगर । संगठित गिरोह खडा गरेर डाका र चोरीमा संलग्न रहेकामध्ये पाँचजना पूर्पक्षका लागि कारागार चलान भएका छन् । चोरीमा संलग्नहरुलाई सहयोग गर्ने मोवाइल पसल सञ्चालक भने एकलाख धरौटीमा छुटेका छन् ।

मोरङका विभिन्न स्थानमा गत भदौ २ गतेदेखि २२ गतेसम्म योजनावद्ध ढंगले पेस्तोल, रड, लाठी देखाएर श्रृंखलावद्ध रुपमा लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । गत भदौ २२ गते पक्राउ परेका उनीहरुलाई ‘अप्रेसन शेरा ब्राभो हन्ट’ अभियान नै सञ्चालन गर्नु परेको थियो ।

प्रहरीले पक्राउ गरेका सातजनामध्ये रिजवान मियाँ र नजरुल मियाँको घरबाट कटुवा पेस्तोल र चाइनिज पेस्तोल बरामद भएको थियो । यसैगरी मोवाइल फोन १६, मेमोरीकार्ड २२ र नेपाली नगद एकलाख ७५ हजार २७५ र भारु नगद ११ हजार ६०० र मोटरसाइकल दुईथान बरामद भएको थियो ।

प्रहरीले डाँका चोरी र संगठित अपराध अन्तर्गत अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । जिल्ला अदालत मोरङको कातिक २३ गतेको आदेशले मोरङ बुढिगंगा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २४ को मो.नजरूल मियाँ, वडा नं.४ बस्ने बर्ष ४० को रिजवान मियाँ, सुनसरी दुहवी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३१ को मोहमद अलि मुरताजा मियाँ, बर्ष ३० को नजरूल मियाँ र दुहवी नगरपालिका वडा नं.६ बस्ने बर्ष ४० को मो. आलम पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

उक्त मोवाईलहरूको लक तोडेर आपराधिक कार्यमा सहयोग गर्ने मोवाईल पसल संचालक बर्ष ३० को सिजाम आलमलाई एकलाख धरौटी माग भएकोमा उनी धरौटी राखेर छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्