फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । नेपालले समूह ‘एच’मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । खेल राति साढे ९ बजे दुबईमा सुरु हुनेछ ।
समूह ‘एच’ मा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा छ । नेपाल १७३औँ स्थानमा छ ।
यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
यूएईसँगको खेलअघि नेपाली प्रमुख प्रशिक्षक अल्बर्टो एनेसले यूएई राम्रो टिम भए पनि नेपालको तयारी राम्रो रहेको बताए । खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाल नडराई खेल्ने बताएका छन् ।