भीपीएनको माध्यमबाट ‘टिकटक’ ! सुरक्षित हुन्नन् बैंक खाता र अन्य एकाउन्ट

भीपीएनको माध्यमबाट ‘टिकटक’ ! सुरक्षित हुन्नन् बैंक खाता र अन्य एकाउन्ट

विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेसँगै यतिबेला सामाजिक सञ्जालमा होस् या कुनै भेटघाटमा सरकारको निर्णयको पक्ष विपक्षमा बहस भईरहेको छ । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ । कोही प्रतिवन्धको पक्षमा त कोही विपक्षमा रहेर बहस गरिहरँदा यसमा लत बसेका वा यसलाई मनोरञ्जनको माध्यम बनाएरै छोड्नेहरुले वैकल्पिक नेटवर्कको रुपमा ‘भीपीएन’ प्रयोग गरेर चलाईरहेको बताउने गरेका छन् ।

मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । सोही अनुसार नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाएकाछन् । तर केही प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन् । कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)का अनुसार बुधबारसम्म करिब १ लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क छ ।

के हो भीपीएन ?
‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् ‘भीपीएन’ हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा मध्यस्तकर्ताको काम गरिदिन्छ । सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ । अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । यसका लागि हामी कुनै भीपीएन निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर ।

भीपीएन कतिको सुरक्षित छ त ?
साइबर सुरक्षा विज्ञका अनुसार साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिन बताउन् । तर निःशुल्क प्रयोग गर्न मिल्ने भीपीएनको साटो पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुने विज्ञहरुको भनाई छ ।
निशुल्कः पाइने भीपीएनबाट ¥यानरमवेयर भाइरसहरू पनि डाउनलोड हुने र यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ । भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका नभएको र यसले डिभाइसमा भएका अरू सामाजिक सित्तैमा पाइने भीपीएनले अरू माल्वेअरहरू आएर डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्ने साइबर सुरक्षा विज्ञहरु बताउछन् ।

ह्याक हुने जोखिम
कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको कम्प्युटर एशोसिएसन अफ नेपाल ‘क्यान फेडेरेसनले जनाएको छ । यसले गर्दा घरमा चलाउनेदेखि अफिसमा चलाउने डिभाइसहरू समेत जोखिममा पर्न सक्छन् ।
कम्प्युटर एशोसिएसन अफ नेपाल ‘क्यान फेडेरेसनका अनुसार निःशुल्क भीपीएन प्रयोग गरेर हामी प्राय एउटै उपकरण घरमा पनि चलाइरहेका हुन्छौं । अनि अफिस आउँदा पनि सोही उपकरण प्रयोग गरेर अफिसमा काम गरिरहेका हुन्छौं । तर भीपीएनले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम उच्च हुन्छ ।ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुन्छ ।
भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्