सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी छन् ।
उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।