‘यो मन मेरो दोमन भो’ गीत सार्वजनिक

<span class='c1'>‘यो मन मेरो दोमन</span> <span class='c2'>भो’ गीत सार्वजनिक</span>

काठमाडौँ । पत्रकार एवं गीतकार अमरध्वज लामाको शब्द रचना,सङ्गीतकार दिनेशकाजी बान्तावाद्वारा सङ्गीतबद्ध ‘यो मन मेरो दोमन भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा किसन राईको स्वर रहेको छ । भिडियो गायक राईकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सङ्गीत एरेन्ज, मिक्सिङ्ग एवं माष्टरिङ्ग देवेश राईले गरेका छन् ।

सेवा रेकर्डिङमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा चर्चित मोडल एलिसा राईको मुख्य अभिनय रहेको छ । राईका साथमा कलाकारहरू निर्मलकुमार लामा (बिजी), मन्जित वाइबा, अञ्जन मोक्तान कान्छा र स्वयं गायक किसन राई समेतले अभिनय गरेका छन् ।

सुन्दर युवती डोल्माको सौन्दर्यबाट आकर्षित भएका भिन्न भिन्न उमेर समूहका युवाहरूको कथालाई भिडियोको विषय बस्तु बनाइएको छ । भिडियोभित्रको कथाको अन्त्य भने अप्रत्याशित बनाइएको छ ।

उक्त भिडियोलाई भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेका छन्। भिडियोको सिनेमाटोग्राफी, सम्पादन तथा कलरिङ्ग भने पवन सुस्लिङ्गले गरेका हुन्।

भिडीयो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्