झापा र मोरङबाट फरार प्रतिवादि पक्राउ

<span class='c1'>झापा र मोरङबाट</span> <span class='c2'>फरार प्रतिवादि पक्राउ</span>

विराटनगर । झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध मुद्धा र चेक अनादर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चेक अनादर मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७७।०९।१९ गतेको फैसला आदेशले १ वर्ष कैद र नगद २० हजार रुपैँया जरिवाना रहि फरार रहेका शिवसताक्षी- १ का ४५ बर्षीय धिरेन्द्र बुढाथोकीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो ।

त्यसैगरी सम्मानित मोरङ जिल्ला अदालतको लगत नम्बर ५२५१ को लागुऔषध मुद्धाका ९ महिना कैद र नगद ५ हजार रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी विराटनगर- १६ का ४५ बर्षीय नारायण यादवलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई सम्बन्धित जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि कारागार पठाईएको प्रहारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्