नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै

<span class='c1'>नेपाल सुपर लिग (एनएसएल) को</span> <span class='c2'>दोस्रो संस्करण आजदेखि सुरु हुँदै</span>

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ । यसअघि सन् २०२१ मा पहिलो संस्करण सम्पन्न भए पनि कोभिड-१९ महामारी र एन्फासँगको सम्झौता विवादका कारण दोस्रो संस्करण आयोजना हुन सकेको थिएन ।

आजदेखि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको पहिलो दिन आज साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्