अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा भारतको २ विकेटको रोमान्चक जित

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा भारतको २ विकेटको रोमान्चक जित

भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा २ विकेटको जित हासिल गरेको छ। भारतले २० औं ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर २०९ रनको लक्ष्य पूरा गरेको थियो। यो टी-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज हो। यसअघि सबैभन्दा सफल रन चेज २०२/४ थियो, जुन भारतले २०१३ मा राजकोटमा गरेको थियो।

भारतका लागि यस प्रतियोगितामा कप्तानी गरेका सूर्यकुमार यादवले सर्वाधिक ८० रन र इशान किशनले ५८ रनको इनिङ खेले। खेलको अन्तमा रिंकु सिंहले १४ बलमा २२ रनको आकर्षक इनिङ खेले।

विशाखापट्टनममा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो। टोलीका तर्फबाट जोस इंग्लिसले शतक प्रहार गरे। उनले ५० बलमा ११० रनको इनिङ खेले। स्टिभ स्मिथ ५८ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भएका थिए।

अन्तिम चार ओभर रोमाञ्चक
भारत जिततर्फ अग्रसर हुँदा अन्तिम ४ ओभरमा खेल रोमाञ्चक बन्न पुग्यो। भारतले अन्तिम ४ ओभरमा ३८ रन बनाएर खेल जित्यो तर अस्ट्रेलियाका बलरले ४ विकेट लिएर खेललाई अन्तिम सम्म प्रतिस्पर्धात्मक बनाएका थिए। अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो तर टोली नोबलमा विजयी भयो। इनिङ्सको अन्तिम बलमा रिंकु सिंहले छक्का प्रहार गरे तर उक्त बल नोबल भएपछि १ बल बाँकी हुँदै भारत विजयी भयो।

भारतका लागि यादवको ८० रन सँगै इशान किशनले ५८ रन बनाए। त्यस्तै यशश्वी जैसवालले २१ रन बनाउँदा रिन्कु सिंह २२ रनमा अविजित रहे। त्यस्तै तिक बर्माले १२ रन बनाए। अस्ट्रेलियाका लागि तनभिर सांघाले २ तथा ज्यासन भेन्द्रादफ, म्याथ्यू सट र सिन एवोर्टले समान १-१ विकेट लिएका थिए।

त्यसअघि विशाखापट्टनममा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो। जोस इन्ग्लिसले ५० बलमा ११० रनको विस्फोटक इनिङ खेले। उनले आफ्नो टी-२० करियरको पहिलो शतक बनाए। इंग्लिसका अलावा स्टिभ स्मिथले ५२ रनको योगदान दिए। दुवैले ६६ बलमा १३० रनको साझेदारी गरे। त्यस्तै टिम डेभिडले १९ रनको अविजित इनि, खेल्दा म्याथ्यू सर्ट १३ रनमा आउट भएका थिए। भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले एक-एक विकेट लिए। एक ब्याट्सम्यान रनआउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्