भारतको अस्ट्रेलियाविरुद्ध जारी शृङ्खलामा लगातार दोस्रो जित

भारतको अस्ट्रेलियाविरुद्ध जारी शृङ्खलामा लगातार दोस्रो जित

भारतले अस्ट्रेलियाविरुद्ध जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार राती भएको दोस्रो खेलमा अस्ट्रेलिया ४४ रनले पराजित भयो ।

घरेलु मैदानमा टस हारेपछि ब्याटिङको निम्ता पाएको भारतले विशाल लक्ष्य दिएको थियो । भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन जोड्यो ।भारतका यसस्वी जैसवालले २५ बलमा ५३ रन, रुतुराज गाइक्वाडले ४३ बलमा ५८ रन, ईशान किसनले ३२ बलमा ५२ र रिंकु सिंहले ९ बलमा ३१ रन बनाए ।

भारतका प्रसिद कृष्ण र रवि विस्नोइले ३/३ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्