बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ
बिर्तामोड । झापाको कमल गाउँपालिका–४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान साढे ६ बजेको समयमा तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई कराई र धारिलो हतियार दाउले टाउको लगायत शरिरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको आरोप छ ।

घटना पश्चात फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । तामाङलाई कमल गाउँपालिका–४ दुधेबाट पक्राउ गरिएको हो ।

शव परिक्षणको लागी दमक अस्पताल पठाएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्