सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुखसहित नौजना विरुद्ध भ्रष्टचार मुद्दा

<span class='c1'>सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुखसहित</span> <span class='c2'>नौजना विरुद्ध भ्रष्टचार मुद्दा</span>

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्रे गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पु¥याएको आरोप लगाएको हो ।

अख्तियारले उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भुक्तानी गरेको आरोप लगाएको छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौला विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्