कृषि क्षेत्र बारे पत्रकारलाई अभिमुखीकरण

कृषि क्षेत्र बारे पत्रकारलाई अभिमुखीकरण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशीप्रदेशका पत्रकारहरुलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघ कोशीप्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
वहाँले राज्यपुनसंरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकि दिनप्रतिदिन परनिर्भरता बढ्दै गएको अवस्थामा राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रले कृषि क्षेत्रमा ओझेलमा परेका मुद्दाहरुलाई बहसमा ल्याउनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले उद्योग वाणिज्य महासंघ उद्योगी, व्यवसायीहरुको मात्र पैरवी गर्ने संस्थाको रुपमामात्र रहेको बुझाईलाई कृषक र पत्रकारलाई जोड्ने सेतुको रुपमा यो कार्यक्रमले गरेको बताउनु भयो । उहाँले निर्वाहमूखी कृषि प्रणालीको कृषिलाई अघि बढाउन ओझेलमा रहेका कृषिका मुद्दाहरुलाई संगठित रुपमा उठाउनु पर्ने कुरामा जोड दिनुभयो । अहिले पनि मिल्क होलिडे, चिया र अलैंचीउत्पादन क्षेत्रको समस्या समाधान हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशमा कृषि, पशुपालन क्षेत्रको व्यवसायिकरणको वर्तमान अवस्था, कोशीप्रदेश सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवद्र्धन अवसरका लागि कृषि मूल्य श्रृखलाका मुख्य–मुख्य क्षेत्र र मुद्दाहरु बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले कृषि समाचारमा अहिले आइरहेका बिषयहरु र नआएका बिषयहरु, कृषिपत्रकारिता क्षेत्रमा अवसर र चूनौति, कृषि समाचार लेखनशैली, कृषि क्षेत्रका मुख्य मुद्दा र कृषि पत्रकारिताका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेपाल कृषिबजार विकास कार्यक्रम (सहज) को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका संचार माध्यममा कार्यरत ४५ जनापत्रकारहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्