सीमा क्षेत्र रानीमा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते

सीमा क्षेत्र रानीमा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते भएका छन् । आइतबार साँझ ५ः४० बजे रबर गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।

विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बाँया तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यबस्तु खरिदको लागि जोगवनी गएको थिए, साँझमा घर फर्कने क्रममा जोगबनी उत्तर रेलस्टेशनको दक्षिणगेटतर्फबाट बढ्दै गर्दा छ जना केटाहरुसँग सामान्य भनाभन हुँदा गोली हाने’ अस्पतालमा उपचाररतः संग्रौलाको दावी छ ।

कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रमा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तल्लो पाटमा स्याडो देखिएको छ । यो भनेको फोरेन बडी हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तल फ्याक्चर पनि भएको छ । यो बुलेटको फोर्स लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कन्फर्म गर्न सकिन्छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने–यस विषयमा तथ्यगत विषय बाहिर ल्याउने गरि अनुसन्धान गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्