सप्तकोशी नदी किनारमा बिक्रीको लागि राखिएको खर

<span class='c1'>सप्तकोशी नदी किनारमा बिक्रीको</span> <span class='c2'>लागि राखिएको खर</span>

विराटनगर । सप्तकोशी नदी किनारमा राखिएको खरको मुठा बिक्री वितरण गर्ने गरिएको छ ।

सुनसरीको धरान, इटहरी, मोरङको विभिन्न शहरी क्षेत्रमा खरको मुठा खरिद गरेर लग्ने गरिएको स्थानीय व्यापारी इन्द्र राई बताउछन् । सुनसरीको बराहक्षेत्र ७ मा पर्ने सिसौनी घाटको किनारमा मुठा कसेर राखिएको खर रिसोर्टहरुमा , कुखुरा फमका लागि लगिने गरको उनको भनाई छ ।

सप्तकोशी नदी पारीको डाँडामा खेताला लगाएर कटाउने गरेको खर डुंगाबाट वारी ल्याएर बिक्री वितरणका लागि राख्ने गरिएको रहेछ । मुठाको ३० रुपैँयादेखि ४० रुपैँया सम्ममा बिक्री गर्ने गरिएको खरले आम्दानीका लागि एउटा बाटो बनेको इन्द्र बताउछन् ।

‘नदी पारीको जंगलमा खेताला लगाएर हाजिरामा कटाउनुपर्छ, यो फागुन चैत्रसम्म पाइन्छ उनले भने,‘यसो बसिबियालो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्